आफुले हत्या गरेको शवको टाउको लिएर प्रहरीमा पुगे राजु परियार

37

धादिङ – निलकण्ठ नगरपालिका – १३ खल्चेतमा गएराति एकजनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गर्न पुगेका छन् । स्थानीय सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले स्वयमले जनाएका छन् ।

हत्यामा संलग्न अभियुक्त २६ वर्षीय  परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

हत्या आरोपितलाई आवश्यक अनुशन्धान गरी कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ ।अहिले शव धादिङ अस्पतालमा परीक्षणका  लागि राखिएको छ ।

समाचार वर्गहरू