आफैंलाई मत हाल्न नपाउने भएपछि अनुगमनमा निस्किए वाग्ले

9

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् । काठमाडौंको मतदाता नामावलीमा नाम भएका वाग्ले आफ्नैलागी मतदान गर्न नपाउने भएपछी अनुगमनमा निस्केका हुन् ।

उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु गरेका हुन् ।

उपनिर्वाचनमा उनीसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन् । तर तनहुँमा स्वर्णिम वाग्ले आफैलाई मतदान गर्न भने पाउने छैनन् । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

उनलाई रास्वपा सांसद सोविता गौतमले टिका लगाइदिएर अनुगमनका लागि पठाएकी छिन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू