आमाको मृत्यु भएपछि ६ वालबच्चाको बिचल्ली

4

काठमाडौं – बाजुराको त्रिवेणी नगरपालिकामा-१ छताराकी ३२ वर्षीया अस्मिता देवी दमाईको बच्चा जन्मेको २१ दिनपछि मृत्यु हुँदा एक महिनाकी छोरीसहित ६ जना बालबच्चा अलपत्र परेका छन्।

बच्चा जन्माएको केही दिनमा अत्यधिक रक्तस्राप भएपछि उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। एक महिनाकी छोरी दूध किन्न पैसा नहुँदा गाउँले दिएको दूध खुवाएर बाचिरहेकी छन्।

सारिरिक रुपमा अस्वस्थ रहेका उनका बुवा मनराज छोरीलाई दूध खोज्न गाउँ डुल्ने गरेका छन्। छरछिमेकबाट दुध बटुलेर छोरीको प्राण धान्नै धौ धौ परेकोले उनले सहयोगकालागी अपिल समेत गरेका छन् ।

डेढ वर्षकी छोरी सिबानी खानाको अभावमा कुपोषित बनेकी छन्। सिबानीलाई समेत दूध मागेर खुवाउनु परेको छ। कसैले दूध दिए दुवै बहिनीलाई अलिअलि खुवाउने गरेको दिदी सुशीला नेपाली बताउँछीन्।

उनीहरू आफन्त नाता लाग्ने चन्द्राको घरमा बस्दै आएका छन्। चन्द्रा पनि एकल महिला हुन्। अस्मिताकी छोरी जेठी सुशीला नेपाली १२ वर्षकी भइन्। त्यस्तै सुस्मिता ९ वर्ष, समीया ७ वर्ष, छोरा शिशिर ६ वर्षका छन्। उनीहरूलाई खानपान बसोबासका साथै लत्ता कपडाको समेत अभाव छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू