आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल

32

(काठमाडौं) – ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ । प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको हो ।

आरोग्य प्रतिष्ठानमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका प्रतिष्ठानसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

संक्रमण देखिएकी महिला तराईबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो ।

उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए । बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

समाचार वर्गहरू