आर्थिक अपराध न्युन गर्न वित्तीय अनुसन्धान ब्युरो गठन गर्छाैँ – गृहमन्त्री लेखक

44

काठमाडौं – सरकारले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टिकृत रूपमा अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्युरो’ गठन गर्ने तयारी गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीहरूसित कुरा गर्दै गृहमन्त्री रमेश लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्युरो गठन गरिने बताएका हुन्।

प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसदमा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुंग्याएर मन्त्रिपरिषदमा पठाउने सो अवसरमा उनले जानकारी दिए।

‘प्रहरीका केही कानुन धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषदमा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो,’ गृहमन्त्री लेखकले भने, ‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रूपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौँ ।’ सर्वोच्च अदालतको आदेश सबैका लागि मान्य हुने उनकाे भनाइ थियो ।

सर्वोच्च अदालतले ०७०/७१ मा नियमावलीमा भएको व्यवस्था ऐनमा व्यवस्था गर्न सरकारलाई दिएको आदेश यत्तिका दिनसम्म पालना नभएको उल्लेख गर्दै गृहमन्त्री लेखकले आफूले पदभार ग्रहण गरेपछि सो कार्य अघि बढाएको जानकारी दिए।

समाचार वर्गहरू