आलम विरुद्ध अनुसन्धान गर्न ८ दिनको म्याद थप

24

(रौतहट) – नेपाली कांग्रेसका सांसद अफताब आलममाथि थप अनुसन्धानका लागि जिल्ला अदालत रौतहटले ८ दिनको म्याद थप गरेको छ । रौतहटको राजपुरमा भएको बम विस्फोटमा परी घाइते भएकालाई ज्यूँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद आलमलाई अनुसन्धानको लागि ८ दिनको म्याद थपेको गरेको हो ।

न्यायाधीश केशवकुमार पाण्डेको इजलाशले आलमलाई थप अनुसन्धानको लागि म्याद थपको आदेश दिएको हो । उनीमाथि अनुसन्धानका लागि म्याद थप गरेको यो तेस्रो पटक हो । पहिलो संविधानसभा निर्वाचनका बेला २०६४ चैत २७ गते राजपुर स्थित पूर्व मन्त्री सेख इदृसको गोठमा बम विस्फोट भएको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा अलम सहित छ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । गत असोज २६ गते पक्राउ परेका आलमलाई प्रहरीले घटनाका प्रत्यक्षदर्शी सहित सोसँग जोडिएका व्यक्तिसँग सोधपुछ गरेको छ ।

समाचार वर्गहरू