काठमाडौं – सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्ने विशेष अदालतको फैसलालाई सदर गरेको छ।
सर्वोच्चका न्यायाधीशहरू डा.नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार उनलाई थुनामा पठाउने फैसला सदर गरेको हो।
तामाङले विशेष अदालतको फैसला बदरको माग राख्दै थुनाबाहिरबाट मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङलाई दोषी ठहर गर्दै विशेष अदालतले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरूद्ध ३ अर्ब ३१ करोड बिगोसहित जग्गा र सम्पत्ति जफत गर्न मागदाबी गरेको थियो।