इजरायल पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ

10

काठमाडौं – वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भनेर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं. ७ की ३२ वर्षीय हरीकला दाहालसहित पाँचजना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मंगलबार एक प्रेस विज्ञप्ति मार्फत  जानकारी दिए ।

उनीहरुले इजरायलमा पुगेपछि कन्स्ट्रक्सनमा काम लगाइदिने विश्वास दिलाएर प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४८ लाख रुपियाँ रकम ठगी गरी सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं विशेष प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार दिउँसो साढे २ बजे उनीहरुलाई चाबहिल ७ बाट पक्राउ गरेर थप अनुसन्धानका लागि वैदशिक रोजगार विभागमा पठाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू