इतिहास बंग्याएर भ्रम नछर्न ओलीलाई महामन्त्री शर्माको चेतावनी

4
फाइल फोटो

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको राष्ट्रिय मेलमिलापको नितिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् ।

बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । उक्त अवसरमा ओलीले राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको भनाइ राखेका थिए ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका थिए ‘नेपाली काँग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनु भयो । अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ । भन्ने व्याख्या गरेर बिपी कोईरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसका बिरुद्ध भन्दा वामपन्थी परिवर्तनकारी देशभक्ती शक्तिहरुका बिरुद्ध ।’

सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन् । अध्यक्ष ओलीले बिपी कोईरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताउँदै शर्माले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए ।

महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताउँदै भने ‘बिपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो ?’ बिपी कोईरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढीरहेको दाबी गर्दै शर्माले बिपीले नै कोरेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने तर बिपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको बताए ।

महामन्त्री शर्माले बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ भन्ने विषयमा आफू टेबल टक गर्न तयार रहेको बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू