इन्द्रावतीकाे बुढिचाैरमा प्रथम ऐतिहासिक नयाँ बर्ष मेला सम्पन्न

29

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालीका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढीचौरमा प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ ।

“दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित बुढीचौर पर्यटन बिकास समिति इन्द्रावती ९ र १० ले यो मेला आयोजनामा गरेको हो । पर्यटकिय स्थल बुढीचौरको परिचय दिनको लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

चैत्र ३० गते देखि बैशाख १ गते सम्म २ दिन चलेको उक्त मेलाको उद्घाटन गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गरेका थिए । कार्यक्रमको उद्वाटन गर्दै अध्यक्ष नेपालले बुढीचौर लाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गरिने बताए । कार्यक्रममा इन्द्रावती ९ का अध्यक्ष बाबुराम लामा र १० का अध्यक्ष रामचन्द्र घिमिरेले बुढीचौरको ऐतिहाँसिक महत्वको बारेमा जानकारी गराएका थिए ।

यस ठाउँको व्यापार व्यवसायको प्रवर्द्वन गर्नु पनि कार्यक्रमको उद्वेश्य रहेको इन्द्रावती १० का निवर्तमान वडा अध्यक्ष जिवन कुमार थापामगरले जानकारी दिए । यस्तो कार्यक्रम गर्दा स्थानिय उत्पादन बिक्रि हुनुका साथै स्थानियलाई आर्थिक लाभ हुने थापामगरले विश्वास व्यक्त गरे ।

बुढीचौरलाई पर्यटकको आकर्षकको केन्द्र बनाउन यस्ता कार्यक्रमले योगदान दिने उनले बताए । पर्यटनलाई सार्थक बनाउन निजि जग्गामा प्लटिङ भइरहेको छ । अनुमानित २५० रोपनी जमिन प्लटिङ गरेर एकीकृत बस्ती बनाउने योजना रहेको थापामगरको भनाई छ ।

मेलामा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा व्यापार प्रवर्द्वन गर्नको लागी ९ वटा स्टल राखिएको थियो । ४ वटा मेजर स्टल रहेको थियो भने अन्य साना स्टल थिए ।

यस्तो कार्यक्रमले जनप्रतिनिधिलाई पनि झक्झकाएको मेलाका परिकलपनाकार थापामगरले बताए । ‘यस ठाउँलाई शून्य बजेट थियो र आगामी बर्ष स्थानिय तहले बजेट छुटाएर कार्यक्रम गर्ने विश्वास लिएको छु’, उनले भने ।

बुढिचौरलाई आवास क्षेत्र बनाउने तयारी भइरहेको छ । पर्यटन बिकासको लागि होटल, रिसोर्टहरूको बिकास गर्ने, खेलकुदको बिकास समेत गर्ने थापामगरले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू