इन्द्रावतीको पालिका स्तरीय परीक्षामा ८४ प्रतिशत विद्यार्थी फेल, ४ विद्यालय निल

26

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको पालिका स्तरीय परीक्षामा सामुदायिक विद्यालयका ८४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

पालिकाले सार्वजनिक गरेको  शैक्षिकसत्र २०८० मा कक्षा ८ को परीक्षामा पालिकाका आधारभूत तहको परीक्षामा सम्मिलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको छ। 

शून्य नतिजा आउने विद्यालयहरू नवलपुर माध्यमिक विद्यालय, सेतिदेवी माध्यमिक विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय र परोपकार आधारभूत विद्यालय रहेका छन्। इन्द्रावती गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त तथ्यांकअनुसार पालिकाका कक्षा ८ सम्म सञ्चालित १९ वटा विद्यालयबाट ४ सय ८० जना विद्यार्थीहरू परीक्षामा सामेल भएका थिए। जसमा ७७ जना विद्यार्थीले मात्र न्यूनतम ग्रेड प्राप्त गरेका छन्।

विषयगत रुपमा नेपालीमा न्यूनतम् ग्रेड प्राप्त गर्ने ३ सय ३३, अंग्रेजीमा न्यूनतम् ग्रेड प्राप्त गर्ने १ सय ५९, गणितमा न्यूनतम ग्रेड प्राप्त गर्ने १ सय ५०, विज्ञानमा न्यूनतम ग्रेड प्राप्त गर्ने १ सय ७४ जना रहेका छन्। त्यस्तै सामाजिकमा न्यूनतम ग्रेड प्राप्त गर्ने ३ सय ३० जना, स्वास्थ्य शारीरिकमा न्यूनतम ग्रेड प्राप्त गर्ने ३ सय ८८ र स्थानीय विषय हाम्रो इन्द्रावतीमा न्यूनतम ग्रेड प्राप्त गर्ने ३ सय ६५ जना रहेका छन्।

यो नतिजाले माथिल्लो कक्षा अर्था कक्षा ९ खालि हुने भएपछी पालिकाले पुनः मौका परीक्षा लिने तयारी गरेको छ। मौका परीक्षामा ३ विषयसम्म फेल हुनेले सहभागी हुन पाउने भएका छन्।

तर पुनः परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएकोले उक्त परिक्षा कर्मकाण्डी मात्रै हुने सरोकारवालाहरु बताउँछन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू