काठमाडौं – नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाले एक अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँ कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा समसामयिक बिषयमा छलफलगर्दै पार्टिको आगामी योजनाका बारेमा छलफल भएको बताइएको छ ।
काँग्रेस रुपान्तरण, पुस्तान्तरण तथा काँग्रेसमा युवाहरुको आकर्षण गर्नकालागी आगामी योजना तय गर्ने उद्देश्यले अन्तरक्रीया कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस इन्द्रावती गाउपालिका सभापती जिवनकुमार थापामगरले बताए ।
उनका अनुसार कार्यक्रममा नेपालीकाँग्रेस इन्द्रावती गाउँपालीकाबाट प्रतिनिधित्वगर्ने महासमिती सदस्य , महादिबेशन प्रतिनिधि , प्रदेश प्रतिनिधि, वडा सभापती लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेश २ का प्रदेश माननीय कृष्ण कुमार तामाङको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा अधिकांश युवाहरु हाइस्कुल पश्चात् गाउनै खाली गर्दै अन्य शहर जाने वा बिदेश जाने प्रमुख समस्या रहेको ठहर गरिएको थियो ।
यसको मुल कारण रोजगारी अभाव भएको हुँदा स्थानिय स्रोत जल जमिन र जङ्गलमा आधारित इन्द्रावती गाउँपालिकालाइ औधोगिकिकरण गराउन सहजीकरण गर्ने बिषयमा गम्भिर छलफल भएको सभापति थापामगरले बताए ।