इन्द्रावती गाउँपालिकामा साेनाम ल्होसार भब्य रुपमा मनाइयो

19

सिन्धुपाल्चोक – तामाङ समुदायको बिशेष पर्व साेनाम ल्होसार सिन्धुपाल्चोको इन्द्रावती गाउँपालिकामा पनि भब्य रुपमा मनाइएको छ । वडा नं ५ मा क्रियाशिल ताेमसांग युवा क्लबकाे आयाेजना र गुठियार समितिकाे समेत सहयाेगमा २८५७ अौ साेनाम लाेसार शुक्रबार बृहत साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएकाे हाे ।

इन्द्रावती गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा स्थानीय लामा तथा तामाङ समुदायको विविध झाँकी समेत प्रस्तुत गरिएको थियाे । पछिल्लो समय लाईभ दाेहाेरीमा चर्चा कमाउन सफल लाेकदाेहाेरी गायिका कल्पना दाहाल , लाेकदाेहाेरी गायक सुर्यमणि आचार्य , गायिका मिना थापा , उदियमान गायक सुवास ब्लाेन लगायतको बेजोड प्रस्तुतिले कार्यक्रमकाे माहाेल नै तातिएकाे थियो । सिन्धु कला मन्दिरका कलाकारहरुकाे मनमाेहक नृत्य प्रस्तुतिले दर्शकलाई झनै उछालिरहेकाे देखिन्थ्यो । साँस्कृतिक कार्यक्रममा अर्चले युवा क्लब र स्थानीय कलाकारहरुकाे आकर्षक प्रस्तुतिले लाेसारकाे राैनकता अझै उचाइमा लगेकाे देखिन्थ्यो ।

क्लबका अध्यक्ष बिराज तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नं ५ का अध्यक्ष बिशिस्ट अतिथि दुर्गाबहादुर तामाङ , प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बंशलाल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका काेषाध्यक्ष इन्द्र थिंगकाे संयाेजन र सिन्धु कला मन्दिरका सचिव सुन्दर शिरीषकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

समाचार वर्गहरू