(सिन्धुपाल्चोक) – इन्द्रावती गाउँपालिका वडा नं १०का वडा अध्यक्ष जीवनकुमार थापामगरले आफ्नो ब्यक्तिगत खर्चमा वडा सँग सम्बन्धित अग्रपंक्तिमा कार्यरत सबैको कोरोना बिमा गरिदिएका छन् । बिश्वब्यापी रूपमा फैलिएको कोरोनाको कारण मुलुक आक्रान्त रहेको बेला कोरोना रोकथाम नियन्त्रणका लागि अग्रपंक्तिमा कार्यरतहरुको मनोबल उच्च राख्नकालागी वडा अध्यक्षले गरेको यो उदाहरणीय कामको सर्वत्र चर्चा सुरु भएको छ ।जीवनकुमार थापामगर – वडा अध्यक्ष
वडाअध्यक्ष लगायत वडाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधि, स्वास्थ क्षेत्रका सबै तहका स्वस्थ्यकर्मी, वडाकार्यालयमा कार्यरत सबैतहका कर्मचारी, महिला स्वयंसेवीका समेतको बिमा वडा अध्यक्षले गरिदिएको वडा कार्यालयले जनाएको छ । उनका अनुसार वडा कार्यालयसँग सम्वद्ध कुल २५ जनाको १ लाख रकम बराबरको कोरोना बिमा गरिएको हो ।
वडा कार्यालयका अनुसार बिमालेख इन्द्रावती-१० वडाकार्यालयको नाममा रहने गरि आएइमई जनरल इन्स्योरेन्स लिमिटेडमा आगामी चैत मसान्तसम्मका लागि आवधिक कोरोना बिमा गरिएको हो । विमित ब्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आए कम्पनीले एक लाख रुपैयाँ भुक्तानी दिने छ ।
विगत लामो समयदेखि समाजसेवा एवं स्थानीय विकासमा सकृय वडा अध्यक्ष जीवन कुमार थापामगरको पहलमा सिन्धुपाल्चोक भित्रीएको जापानी सहयोगी संस्था ज्याफ्स्ले भुकम्प लगत्तै (साविकको भोटसिपा गाबिस) हाल इन्द्रावती गाउँपालिका-९र१० का सम्पुर्ण घरमा राहत वितरण गरेको थियो । यस्तै कृषि, स्वास्थ, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा ज्याफ्सले निरन्तर सहयोग गरिरहेको अवस्था छ ।
भुकम्प पश्चात् छोटो समयमै पठनपाठन योग्य बिद्यालय बनाउन सहयोग गरेको संस्थाले उक्त वडाका विपन्न नागरिकको अस्थायी आवास निर्माणमा समेत सहयोग गरेको थियो । सोही संस्थाको सहयोगमा अहिले लिफ्ट सिस्टमको खानेपानी योजना अन्तिम चरणमा पुगेको स्थानीय कुबेर भट्टराई बताउँछन् ।
यसअघिनै वडा कार्यालयले सम्पूर्ण वडावासी हरुमा स्वास्थ सँग सम्बन्धित सामाग्री वितरण गरेको तथा वडा कार्यालयकै अगुवाइमा कृषि परियोजना अन्तर्गत काठमाडौं मा रहेका राणाहरुको हदबन्दी भन्दा बढी भए ठुलिटारको जग्गा कटाउने भनिएको बेबारिसे जग्गामा नमुना खेती सुरु गरिएकोस्थानीय अगुवा केशरबहादुर घिमिरेले जानकारी दिए ।