इन्द्रावती-५ का विपन्न दलित र अपाङ्गलाई राहत वितरण

43

(सिन्धुपाल्चोक) – इन्द्रावति गाउँपालिका वडा नम्बर ५ ले वडा भित्रका सम्पुर्ण दलित र अपाङ्गलाई आज राहत वितरण गरेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले नागरिकको चुल्हो निभ्ने अवस्थामा पुगेपछि वडा कार्यालयको सहयोगमा वडा भित्रका सम्पूर्ण दलित अपाङ्ग हरुलाई राहत वितरण गरिएको वडाअध्यक्ष दुर्गा बहादुर तामाङ(च्याङ्बा)ले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार वडाका १६० परिवारलाइ प्रति परिवार १५ किलो चामल, १ प्याकेट तेल, २ किलो नुन र १ किलो दाल वितरण गरिएको हो । दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने नागरिकको लामो समयदेखिको लकडाउनले बिहान बेलुकाको छाक टार्नै धौ-धौ परेपछि वडाले राहतको कार्यक्रम ल्याएको अध्यक्ष तामाङले जानकारी दिए ।

लकडाउनको सुरुवाती चरणमै सम्पूर्ण वडावासी नागरिकको स्वास्थ परिक्षण गरिएको र दीर्घरोगी हरुलाई घर-घरमा औषधि पुर्‍याइएको बताउँदै अध्यक्ष तामाङ भन्छन् ” नागरिकको सेवागर्ने जिम्मेवारी पाएदेखिनै वडावासीको सुखदुःखमा सधैं सँगै छौं र यो विपत्तिको बेला जनताको आधारभूत आवस्यकता पूरा गर्नका लागि म र मेरो सम्पूर्ण टीम सधैं सक्रिय रहनेछ ।”

समाचार वर्गहरू