इन्स्पेक्टरमा २८ वर्षको उमेरसम्म भिड्न पाउने व्यवस्था गरिँदै

9

काठमाडौं – नेपाल प्रहरीको इन्स्पेक्टरका लागि २८ वर्षको उमेरसम्म भड्न पाउने प्रस्ताव गरिएको छ । यसअघी २५ वर्षको उमेरसम्म मात्रै प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेकामा अब तीन वर्ष बढाएर २८ वर्ष कायम गर्ने प्रस्ताव गरिएको हो ।

संघीय प्रहरी ऐन, २०७९ को मस्यौदामा उमेरहद बढाउने प्रस्ताव गरिएको हो । अहिले नेपाल प्रहरी सेवा नियमावली, २०७१ कार्यान्वयनमा छ ।

मस्यौदामा प्राविधिकतर्फ इन्स्पेक्टरका लागि भने भर्ना हुन पाउने अधिकतम उमेर ३० वर्ष प्रस्ताव गरिएको छ । हाल कार्यान्वयनमा रहेको ऐनमा २८ वर्ष तोकिएको छ । प्रहरी संगठनभित्रै कार्यरत राजपत्र अनंकित प्रहरी कर्मचारीको हकमा भने हाल कायम ३५ वर्षे उमेरहद नै कायम राख्न प्रस्ताव छ ।

प्रहरी इन्स्पेक्टरमा प्रतिस्पर्धा गर्न पाउने न्यूनतम उमेर पनि एक वर्ष बढाएर २१ वर्ष प्रस्ताव गरिएको छ । हाल २० वर्ष उमेर पुगेपछि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेकोमा बढाएर अब २१ वर्ष पुग्नुपर्ने प्रस्ताव गरिएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू