वीरगंज – इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहलाई आज एक कार्यक्रम बिच विदाई तथा सम्मान गरिएको छ । ब्रिलिएन्ट युवा क्लब कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीले प्रहरी प्राधान कार्यालय सरुवा भएका प्रहरी निरिक्षक सिंहलाई बिदाई तथा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियार र ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले संयुक्त रुपमा प्रहरी निरिक्षक सिंहलाई प्रशंसा पत्रले सम्मान गर्दै दोसल्ला र खादा ओढाएर बिदाई गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रौनियारले प्रहरी निरिक्षक सिंहको कार्यकाल समग्रमा राम्रा र प्रशंंसा योग्य रहेको वताए । प्रहरी निरिक्षक सिंहले आफु जनप्रतिनिधि, स्थानिय गैर सरकारी संस्था, पत्रकार लगायतको सहयोगमा काम गरेको र सबैको सहयोग पाएको वताए । इलाका प्रहरी कार्यालय पोखरियामा भएको कार्यक्रमको संचालन ब्रिलिएन्ट युवा क्लबका सदस्यसमेत रहेका पत्रकार शम्भु कुमार सुमनले गरेका थिए।
इलाका प्रहरी कार्यालयमा पोखरियाको नयाँ प्रहरी निरिक्षकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत दिपक थापा आउने भएका छन् ।