इरानद्वारा आबुधावीमा रहेको अमेरिकन बेस क्यापमा आक्रमण

6

युएई । आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा इरानले आक्रमण सुरु गरेको छ। शनिबार लगातार ड्रोन मिसाल प्रहार गरी आक्रमणको प्रयास गरेको हो । इरानले आक्रमण गरेको जनाएपनि यूएईले यसको स्वतन्त्र पुष्टि गरेको छैन ।

अमेरिकाले आज बिहान इरानका आणविक उत्पादन क्षेत्रमा आक्रमण सुरु गरेकाले त्यसको जवाफी कारबाही स्वरूप मध्यपूर्वका अमेरिकन बेस क्याम्पहरुमा आक्रमण सुरु गरेको हो । इरानको आक्रमणलाई यूएईले आकाशमै डिस्पोज गरिदिएको छ ।

आबुधावीका आकाशमा ठूलो धुवाँसहित मुस्लो र ठूलो विस्फोटको आवाज गुन्जिएको छ । आबुधावीमा आक्रमण भए पनि यहाँको अवस्था सामान्य छ। यस्तै विष्फोटनका आवाज र ड्रोन हमला कतार र बहराइनमा पनि जारी रहेका छन्।

यसैबीच  संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो ।

सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ।

समाचार वर्गहरू