रासस/तेहेरान – इरानले तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिवीरमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ ।
आएन अल असद हवाई शिवीरमा ११ ओटा र इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको ५ ओटा मिसाइलबाट ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताइएको छ ।
इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि इरानले आज क्षेप्यास्त्र पक्षेपण गरेको हो ।