इलामका पूर्वी २ स्थानमा बीओपी स्थापना

17

इलाम – सीमा सुरक्षाका हिसाबले संवेदनशील मानिएका इलामका पूर्वी २ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी स्थापना गरिएको छ ।

रोङ गाउँपालिका ६ को सलकपुर र सूर्योदय नगरपालिका ५ समालबुङमा बीओपी स्थापना गरिएको हो ।

सीमापारी भारतसँग विभिन्न उद्देश्यमा नियमित गतिविधि हुने सो क्षेत्रमा अवैध धन्दा नियन्त्रण र सीमा सुरक्षाका लागि पोष्ट स्थापना गरिएको प्रशासनले जनाएको छ ।

रोङ गाउँपालिकाको तिरीङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा ७ वटा बीओपी राख्ने तयारी वर्षौदेखि थालिए पनि ढिलाई हुँदै आएको छ ।

समाचार वर्गहरू