इलाममा सुहाङले जितेपछि एमाले अध्यक्ष ओलीको बधाई

26

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई विजयी गराएकोमा इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

आफ्ना उमेद्वारलाई इलामका जनताले विश्वास गरेको भन्दै ओलीले सामाजिक स१्जाल मार्फत धन्यवाद ज्ञापन गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले फराकिलो मतान्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पनि ओलीले बधाई दिएका छन् ।

इलाम– २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू