उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब रकम निकासा

47

काठमाडौं – सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा झन्डै दुई अर्ब रुपैयाँ निकासा गरेको छ।

कृषि मन्त्री अधिकारीले उखु तथा दूध किसानहरूको बाँकी रकम दसैँ अघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग लगातार छलफल गरेका थिए ।

‘दूध र उखु किसानको दसैँ घर–घरमा आउने छ । यसको चाँजो मिलाउने सबैलाई धन्यवाद छ । म अत्यन्त खुसी छु’, मन्त्री अधिकारीले भने ।  मन्त्रालयका अनुसार ती आठ जिल्लाका किसानले यो रकम दसैँअघि नै प्राप्त गर्नेछन् ।

यस्तै भदौ २० गतेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थानलाई दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । उक्त रकम सम्बन्धी दुग्ध किसानको हातमा पुग्ने गरी सम्पूर्ण प्रक्रिया पूरा भएको डिडिसीका प्रमुख सूर्य पाण्डेले जानकारी दिए ।

यता शुक्रवार मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

समाचार वर्गहरू