उचित क्षतीपूर्ती नदिएको भन्दै याङ्री लार्केको काममा स्थानियकोे अबरोध

19

देवराज सुवेदी/सिन्धुपाल्चोक – आफ्नो जग्गाको उचित क्षतीपूर्ती नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण याङ्री लार्केको काममा स्थानियले अबरोध गरेका छन । उनिहरुले आफ्नो नाश भएको बालिनालिको क्षतिपुर्ती माग गर्दै सडक मर्मत गर्न गएको ठेकेदारको मेसिलाइ रोकेका हुन । साबिक थाङ्पालधाप १ २ ३ र ४ का स्थानियले आयोजनाको काम गर्दा आफ्नो बालिनालीमा हुने क्षती जाँच गरी क्षतिपुर्ती उपलब्ध गराउन गरेको आग्रह नमानेको भन्दै काम रोकेको स्थानिय जनकलाल श्रेष्ठले जानकारी दिए ।

साथै उनिहरुले स्थानियको माग बमोजिम मुअब्जा बितरण गर्न पनि माग गरेका छन ।

आयोजनाको काम पुनस् सूचारु गर्नुअघि स्थानिय प्रभावित परियोजनासम्बद्ध सरोकारवाला पक्षको जग्गाको मुअब्जा पूनरावलोकन,अधिकरण गरिने जग्गाको सीमाङ्कन तथा नक्शाङकनको विषयमा प्रविधिक खटाउनुपर्ने ,अधिकरण गरिने जग्गामा बनेका संरचना ,बालिनालि एवम् बोटबिरुवाको उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । उनीहरुले प्रभावितको माग पूरा नगरे काम अघि बढ्न नदिने चेतावनी दिएका छन् । उनीहरुले पाँचपोखरी थाङपालगाँउपालिका ६ स्तरीय याङ्गी्र लार्के परियोजना प्रभावित सरोकार समिती गठन गरि आन्दोलन गरिरहेका छन् ।

यसअघि याङरी(लार्के खानेपानी प्रभावित मध्ये साविक थाङ्गपालधाप १,२,३ र ४ को गुनासोको बारेमा माग पुरा गर्न मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका थिए ।

समाचार वर्गहरू