उच्च स्तरीय सुशासन आयोग गठन गर्ने सरकारको निर्णय

92

काठमाडौं – सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ ।

निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्च स्तरीय सुशासन आयोग १५ सदस्यीय हुनेछ। आयोगमा निजी क्षेत्रसहित गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहनेछन्।

समाचार वर्गहरू