उदयपुरमा जीप दुर्घटना, कांग्रेसद्वारा गहिरो दु:ख व्यक्त

2

काठमाडौं – नेपाली कांग्रेसले उदयपुर जिल्लामा सात जना यात्रुकाे मृत्युु भएकाे घटनाप्रति गहिराे दु:ख व्यक्त गरेकाे छ ।

बिहीबार कांग्रेसले शाेक वक्तव्य जारी गरेर घाइतेहरूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेको छ ।

सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । देउवाले घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न गराउन सभापति देउवाले सरकारको ध्यानाकृष्ट समेत गराएका छन् ।

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको बलेरो जीप उदयपुरको बेलका नगरपालिका वडा नं. ७ स्थित बाखाकुवा भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएकाे थियोे । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू