काठमाडौं – उद्योगपति विनोद चौधरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका उद्योगी चौधरीले शुक्रबार ट्वीटर मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् । आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020