उपकुलपति चाँडो नियुक्ति गर्न प्राध्यापक संघको आग्रह

14

(काठमाडौं) – नेपाल प्राध्यापक संघले विभिन्न विश्वविद्यालयका रिक्त उलकुलपति र पदाधिकारीमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा यथाशीघ्र नियुक्त गर्न माग गरेको छ ।

संघका अध्यक्ष प्रा डा बुद्धिबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद शिवाकोटीले मंगलबार विज्ञप्ति जारी गरी शीघ्र नियुक्तिका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् । सरकारले ती विश्वविद्यालयका लागि उपकुलपति चयनका लागि ‘सर्च कमिटी’ गठन गरेको छ ।

लामो समयदेखि विभिन्न विश्वविद्यालयमा उपकुलपति लगायत नियुक्ति हुन नसक्दा दैनिक प्रशासन, पठनपाठन लगायत विश्वविद्यालयका महत्वपूर्ण कामहरु प्रभावित भएको प्रति आफूहरुको ध्यानाकर्षण भएको प्राध्यापक संघले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू