मध्यबिन्दु/काठमाडौं – तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा भोलि (शुक्रबार) बागमती प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर बाहेक प्रदेशका अन्य जिल्लामा प्रदेश सरकारले विदा दिर्ने निर्णय गरेको हो ।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लामा मात्र प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार उपत्यकाका तीन जिल्लामा विदा नदिइएको हो ।
यी जिल्लामा केन्द्र सरकारले बिदा दिएको बेला मात्रै बिदा हुनेछ ।