उपनिर्वाचनका लागि नेकपाले उम्मेदवार टुंग्यायो

23

(काठमाडौं) – प्रतिनिधिसभाका लागि कास्की २ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३ ’ख’ बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, भक्तपुरमा १ ’क’ मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीका पत्नी हुन् । अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो । विमला वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमती हुन् । सांसद उत्तरकुमारको गाडी दुर्घटनामा परी निधन भएको थियो ।

धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चा पार्टीलाई समर्थन गर्ने भएको छ ।

समाचार वर्गहरू