उपनिर्वाचन : कात्तिक १० गतेसम्म उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

13

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभागमा ३ जना सदस्यलाई थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो ।

विभागमा बामदेव गौतम र जनार्दन शर्माका अतिरिकत ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठन विभागमा थप ३ जनालाई चयन गरिएको र विभागले अझै पर्णता नपाएको समेत जानकारी दिए ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट तीनजना उम्मेदवरको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो । यसरी सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेछ । प्र

तिनिधि र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रिय कमिटी या जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै नगर र गाउँपालिका प्रमुखको उम्मेद्वारीका लागि सम्बन्धित स्थानीय तह या जिल्ला कमिटीको तहमा प्रदेश कमिटीले उम्मेद्वार चयन गर्ने श्रेष्ठले बताए ।

वडा सदस्यको लागि स्थानीय तहको कमिटीले नै टुंगो लगाउने निर्णय पनि बुधबारको सचिवालय बैठकले गरेको छ । मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरि ७ वटै प्रदेशमा उप निर्वाचना हुँदैछ। प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ २(२), दाङ ३ (२) र भक्तपुर १ (१) तथा अरु स्थानीय तहमा गरी ५० ठाउँमा उपनिर्वाचन हुनेछ ।

समाचार वर्गहरू