काठमाडौं – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्।
उनी माओवादी केन्द्रका रबिन कुमार मानन्धरलाई ५०३ मतले पछि पार्दै विजयी भएका हुन्। तिवारी तेस्रो प्रयासमा वडा अध्यक्ष विजयी भएका हुन्।
विजयी तिवारीले २ हजार ६३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मानन्धरले १५६० र अर्का प्रतिस्पर्धी एमालेका राजेश नगरकोटीले १३९८ मत ल्याए। यसैगरी राप्रपाका प्रेमबहादुर भ्लोनले १७८ र रास्वपाका आशावीर बलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३ मत पाउँदा ७८ मत बदर भएको छ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएसँगै रिक्त भएको अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो।