उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ – सभापति देउवा

151

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएपनि केही विषयमा संशोधनको कुरा उठेको बताएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको बताए।

सभापति देउवाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा सबै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा काम गरिरहेको जिकिर गरे। उनले कांग्रेस सदैव प्रजातन्त्रसहितको समाजवादको पक्षमा रहेको भन्दै अझै पनि यसमा बलियो हुन बाँकी रहेको बताए।

सभापति देउवाले अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले अरू दलसँग लचिलो भएर मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

समाचार वर्गहरू