उपसभामुख कांग्रेसलाई दिन नेकपा सकारात्मक

20

मध्यबिन्दु/काठमाडौं – नेपाली कांग्रेसलाई उपसभामुख दिने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सकारात्मक देखिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा आज मंगलबार भएको भेटवार्तामा यस विषयमा छलफल भएको कांग्रेस स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई उपसभामुख दिन नेकपा सकारात्मक रहेको नेकपाका महासचिव विष्णु पौडेलले स्पष्ट पारेका छन् ।
सभामुखमा उम्मेदवारी नदिने कांग्रेसले निर्णय गरिसकेको छ ।

संविधान अनुसार पनि प्रतिनिधि सभाको सभामुख र उपसभामुख एउटै दल एकै लिङ्गको हुन नसक्ने भएकाले पनि सभामुखमा दाबी गरेको नेकपाले उपसभामुख लिन सक्दैन ।

समाचार वर्गहरू