काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार तोकेका छन्।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा अर्यालले चैत २७ गतेका लागि उपसभामुखको निर्वाचन तोकेका हुन्।
रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दलको र फरक लिंगको हुनुपर्ने प्रावधान छ। त्यसैले अहिले संसद सँख्याका आधारमा रास्वपाले जुन दललाई सहयाेग गर्यो सोही दलले उपसभामुख बन्ने देखिन्छ।
सभामुखका लागि नेकपा, श्रम संस्कृति पार्टी, राप्रपालगायतले आ-आफ्नै दाबी गर्दै आएका छन्।