(ललितपुुर) – उसुकाे थाउलाे अन्तर्गत ताइजिजान प्रतिस्पधार्मा विवाद भएकाे छ । विवादका कारण खेल करीब ३० मिनेट राेकिएकाे थियाे ।
ललितपुरकाे लगनखेलस्थित आर्मीकाे कभर्डहलमा भएकाे खेलमा श्रीलंकाले स्वर्ण जितेपछि विवाद भएकाे हाे ।
निर्णायकले धाँधली गरेकाे भन्दै भारतले विराेध जनाए लगत्तै नेपालका खेलाडी हरिप्रसाद गाेलेले पनि निर्णयप्रति असन्तुष्टि जनाउँदै म्याटमा बसेर धर्ना दिए ।
प्रतिस्पर्धामा नेपालका हरिप्रसाद गाेले र भारतका ज्ञानदास सिंह सहभागी थिए । तर, निर्णायकले श्रीलंकका खेलाडीलाई विजेता घाेषणा गरेका थिए ।
नेपालका खेलाडीले नै विराेध गरेपछि दर्शकले म्याटमा पानीका बाेतल फालेका थिए ।