उसुमा नेपालका दिपक हमाललाई स्वर्ण

18

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालका दीपक हमालले स्वर्ण जितेका छन् । उनले उसु थाउलो अन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन् । बुधबार भएको नानकुनको प्रतिस्पर्धामा उनले ९.६२ अंक जोडे ।

नेपालले अहिलेसम्म करातेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण र एथ्लेटिक्सबाट १ स्वर्ण जितिसकेको छ । नेपालले अहिलेसम्म २५ स्वर्ण जितेको छ ।

समाचार वर्गहरू