एउटा शाश्वत तर अर्थपुर्ण अवशान

23

सागर श्रेष्ठ – बिश्वमा प्रत्येक दिन हजारौं मानिसहरूको मृत्यु हुन्छ । तर ती सबै मृत्युुहरुको न कतै चर्चा हुन्छ न उनीहरुलाई सबैले सम्झिन् मनासिब ठान्छ । संसारभरी नै यौटा रित छ ,कि मानिसले आफ्नो जीवनकालमा गरेका सकारात्मक कर्महरुको फल मृत्यु पश्चात् मात्र प्राप्त गर्छ। अहिले फेसबुक ,ट्विटर र इन्स्टाग्राम लगायतका सोसल मिडियामा टर्किस उत्पीडित तथा श्रमजीवी जनताको न्यायका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको लामो भोक हड्तालका क्रममा निधन भएपछि इब्रुप्रति श्रद्धाञ्जली दिनेहरुको भिड छ । यौटा मानिसको मृत्युुमा यतिधेरै सहानुभूति र श्रद्धाञ्जली केबल मानबिय समबेदना ,भावना ,स्वभाव ,वा गुण मात्रै होइन उसले समाज र रास्ट्रलाई दियको योगदानको उच्च सम्मान र कदर पनि हो । मानिसले उसको जीवनकालमा आफुले गरेको कर्म मार्फत प्राप्त गर्ने यस्तो सम्मान थोरै मानिसको भाग्यमा मात्र नसिब हुन्छ ।

मानिस तेहि कर्मले सदा-सदाका लागि अमर हुन्छ । इब्रुको मृत्यु पश्चात् उनले प्राप्त गरेको श्रद्धाञ्जली त्यो केबल मानबिय भावना मात्र होइन उनले प्राप्त गरेको श्रद्धाञ्जली त्यहाँका उत्पीडित ,श्रमजीवीहरुको पक्षमा उनले लगातार उठाउदै आइरहेको आवाज र अभियानको समर्थन पनि हो । संसार भरी नै अनेकौं प्रकारका बिभेदहरु छन ,आफुलाइ लोकतन्त्रको हिमायती भन्ने देश अमेरिकामा त झन अस्ति भर्खरै त्यहाँको प्रसासन ले धरकपड गर्दा यौटा काला जातिको मृत्यु भयपछी गोरा र काला जाती भित्रको बिभेदको मुद्दा लाई सतहमै ल्यायो । अमेरिका रंगभेदी भयंकर बिद्रोह बाट बाल बाल बच्यो । असमानता र बिभेद विरुद्धको लडाइ संसार भरी नै छ । सत्य त यो पनि हो कि जबसम्म पृथ्वी र मानव सभ्यता अस्तित्वमा रहिरहन्छ तबसम्म विभिन्न नाम र चरित्रमा असमानता र बिभेदहरु पनि अस्तित्वमा रहिरहन्छ ।

इब्रुको मृत्युपछि उनको समबेदनामा सामाजिक संजालको भित्ताहरु भरियपछी मेरो मनमा एक प्रकारको प्रश्न उब्जियो। आज जतिले उनको मृत्युमा श्रद्धाञ्जली दिइरहेको छ । लाग्छ उनिहरु इब्रु र उनको जिबन र संघर्षलाई निकै नजिक बाटै चिन्दछन, र जान्दछन । उनको बारेमा धेरै कुराहरुको ज्ञान छ र उनको अभियानका बारेमा पनि पर्याप्त जानकारि र सुचना छ । तेसोभय म जस्तै असंख्य मानिसहरुलाई उनको बारेमा यति धेरै ज्ञान र सुचना राख्नेहरु संग पक्कै पनि उनी जस्तै नेपालमा पनि उत्पीडन ,बिभेद ,असमानता ,र हिंसाका विरुद्धमा बर्शौ देखि आवाज उठाइरहेकाहरुका बारेमा पनि अबस्य ज्ञान हुनेनै छ भन्ने लाग्नु स्वाभाविक होइन र रु यदि यो सत्य हो भने तेहि असमानता र बिभेदको विरुद्धमा एक्लै लड्दै १७, औं पटकसम्म आमरण अनशन बस्ने डाक्टर गोबिन्द केसिहरुलाइ किन चिन्दैनन तिनीहरु रु महामारिमा जनताको स्वास्थ्य माथी खेलबाड गर्ने सरकार संग लडिरहेको इनअफ इज इनअफ का इशान श्रेष्ठहरुलाइ किन हौस्याउदैनन ? निर्मला पन्तहरु जस्तो दर्जनौं चेलिहरुको बलात्कार र हत्याको विरुद्धमा किन सामाजिक संजालका भित्ताहरु खाली भेटिन्छन । जिबनजल खान नपायर मृत्युु बरण गर्नु परेको राजु सदाहरुलाई श्रद्धाञ्जली अर्पण गर्न किन उनिहरुका हात थर थर कांप्छन ? अस्पतालमा उपचार नपायर मृत्यु भयका सुत्केरी आमाहरुका बेदनाका बारेमा किन मौन बस्छन ? अनुहारमा एसिड छर्कियर कुरुप हुनु परेको मुस्कान खातुनहरुको न्यायको लागि किन आवाज बन्द हुन्छन ?

तेहि बिभेदले जन्माएको रुकुम घटनामा मारिएका नवराज बिक हरुका बारेमा तपाइँको मौनताले के संदेश दिन्छ र? हामी भेनेजुयला का बारेमा बोल्छौ र लेख्छौ ,तर उत्तर कोरिया या भियतनाम का बारेमा मौन बस्छौ र? भारत या अमेरिकामा हुने हिंसा र बिभेदका बारेमा आफू अनुकुलका ब्याख्याहरु गर्छौ । आखिर बिभेदको प्रकृति र चरित्र त संसार भरी नै एकै होइन र र? इब्रु प्रती भाब पुर्ण हार्दिक श्रद्धाञ्जली ।
मेलम्चि-११, सिन्धुपाल्चोक

समाचार वर्गहरू