दार्चुला – दार्चुलामा नेपाली काँग्रेसको वडा उपसभापति र नेकपा (एमाले) को वडा सचिव एउटै व्यक्ति बनेका छन् । दार्चुलाको महाकाली नगरपालिका–२ को काँग्रेस उपसभापति रहेका शङ्कर सिंहडोबाल सोही वडाको एमाले सचिव समेत भएका हुन् ।
काँग्रेसको ९ असोजमा सम्पन्न भएको वडा अधिवेशनबाट उपसभापति निर्वाचित भएका डोबाल कात्तिक ६ गते एमालेको सम्पन्न वडा अधिवेशनबाट सचिवमा समेत निर्वाचित भएका हुन् ।
शनिवार सम्पन्न एमालेको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शङ्कर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । एमालेले शनिवारदेखि जिल्लाका स्थानीय तहमा वडा अधिवेशन गरिरहेको छ ।