एका बिहानै मालबाहक ट्रक त्रिशूलीमा खस्यो

104

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ- १० जोगीमारास्थित हुग्दी खोला नजिकैबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्।

दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको प्रहरीको अनुमान छ।

समाचार वर्गहरू