एकीकृत समाजवादीले रोज्यो चुनाव चिह्न ‘कलम’

10

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाका अनुसार यसका लागि आवश्यक कानुनी प्रक्रिया छिट्टै टुंग्याउने तयारी नेकपा एसले गरेको छ ।

बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

समाचार वर्गहरू