भक्तपुर – मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ वर्षीय छोरा सुशान्त अधिकारी रहेका छन् । घरको दोस्रो तलमा रहेको कुकुर समेत मृत भेटिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले तीनै जनाको केही दिन पहिले हत्या गरिएको हुन सक्ने बताइन् । अधिकारी परिवारलाई भेट्न दिउँसो ५ वजे घरमा पुगेका एक आफन्तले घटनाको वारेमा प्रहरीलाई जानकारी दिएका हुन । घरको तेस्रो तलामा श्रीमती सम्झाना र चौथो तलमा बुबा–छोराको शव फेला परेको हो । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिपक थापाले घटना रहस्मय भएको भन्दै यो हत्या हुन सक्ने बताए । उनले भनेअनुसन्धान गर्दै छौं, त्यसपछि विस्तृत विवरण आउला । नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत अनुसन्धानमा खटिएको प्रहरीको भनाइ छ ।
मृतकहरूको शव आवश्यक घटनास्थल मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज ल्याउने तयारी गरिएको छ । महाशाखा प्रमुख थापाका अनुसार, शब गनाइ सकेको अवस्थामा फेला परेको हो ।