एकै दिनमा ट्राफिक नियम उल्लंघन गर्ने करिब २ हजार कारबाहिमा

25

काठमाडौं – काठमाडौं उपत्यकामा एकै दिनमा झण्डै २ हजार सवारी चालक कारबाहिमा परेका छन् । सोमबार मात्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८ सय ७२ जना सवारीचालक कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी लेन मिच्ने, फुटपाथमा पार्किङ गर्ने र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने छन् ।
लेन मिचेर सवारीसाधन चलाउने २ सय ५९, फुटपाथमा पार्किङ गर्ने १ सय ८९ जना र मापसे गरी सवारी चलाउने १ सय ८ जना कारबाहीमा परेका महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारबाहिमा पर्ने अन्य जेब्राक्रसिङमाथि सवारी रोक्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, ट्रिपर चालक लगायतका रहेका छन् ।

समाचार वर्गहरू