मध्यबिन्दु/काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट देशभर फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । अन्य फिल्म भिड्न नआएपछि यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको छ ।
अनुपविक्रम शाही, रविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐर, साधना सिलवाल र सगुन थापाको मुख्य भूमिका रहेको फिल्मलाई एलआर विवेक सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र सङ्गीत रहेको छ ।
फिल्म समसामयिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका विकृति विरुद्धको विषयमा निर्माण भएको निर्माण पक्षले जनाएको छ ।