एक वर्षमा रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि, भित्रियो १४ खर्ब ४५ अर्ब

57

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको केन्द्रिय बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

समाचार वर्गहरू