एटीएम ह्याकिङ प्रकरण : ९ जना पूर्पक्षका लागि कारागार चलान

16

(काठमाडौं) – नेपाली बैंकको एटीएम सिस्टम ह्याक गरेका ६ चिनियाँ र ३ नेपाली नागरिक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलासले ६ चिनियाँ नागरिकलाई पूपक्षका लागि कारागार चलान गर्न तथा नेपाली नागरिक रोशनप्रसाद प्रधान, रेवती दुवाडी र देवनाथ लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

तर, धरौटी बुझाउन नसकेपछि उनीहरु थुनामा गएका हुन् । अदालतले प्रधान र दुवाडीसँग २६/२६ लाख तथा लामिछानेसँग ३० लाख रुपैयाँ मागेको थियो । गत भदौमा काठमाडौंको दरबारमार्गस्थित विभिन्न बैंकका एटीएम बुथबाट चिनियाँ ह्याकरले करिब २ करोड भन्दा बढी रकम झिकेका थिए ।

समाचार वर्गहरू