काठमाडौं – नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सहयोग सम्झौता भएको छ । पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदि सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि एडीबीसँग सम्झौता भएको हो ।
मंगलबार सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मुग्लिङ–पोखरा सडक स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदि सुधारका लागि ६ करोड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५–५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको एडीबीका देशीय निर्देशक खामुद्खानोभले बताए ।