एनआरएनएको मतदान बिहीबार बिहान सम्मका लागि स्थगित

18

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भएको मतदान स्थगित भएको छ । भोटिङ मेसिनले काम नगरेपछि एनआरएनएको नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित भएको हो । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको छ ।

मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भनिए मेसिन बिग्रिएपछि मतदान स्थगित गरिएको हो । एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेले बताए।

भोटिङ मेसिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुनस्सुरु हुने उनले बताए । एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग प्यानल बनाएर उम्मेदवारी दिएका छन् । यसैबीच, अन्तिम समयमा आएर अध्यक्षका प्रत्यासी आचार्य आफ्नो टिम शक्ति शाली बनाउन सफल भएका छन् ।

पन्तको तर्फबाट कोषाध्यक्षका उम्मेदवार हुने चर्चामा रहेका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशी अन्ततः आचार्यकै प्यानलमा फर्किएका छन् । मतदानको समय सुरु हुनु केहीबेर अघि मात्रै पन्तसँग असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् ।

जसअनुसार आचार्यको समूहबाट श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध चयन हुने सम्भावना बढेको छ । जोशीले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमानिकै प्रभावशाली मानिन्छन् । श्रेष्ठ आचार्यको प्यानलमा फर्किएपछि यसअघि आचार्यको समूहबाट कोषाध्यक्ष माउम्मेदवारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । गै

रआवासीय नेपाली समुदायमानिकै प्रभावशाली मानिने दुई उम्मेदवार आचार्यको प्यानलमा आएसँगै उनीहरुको टिम थप बलियो बनेको छ । यसैबीच, मतदानमा ढिलाई भएको भन्दै एनआरएनएको सम्मेलनमा हुलदंगा सुरु भएको छ । सम्मेलनको बन्दसत्रमा कोषाध्यक्षको प्रतिवेदन पेश भएपछि प्रतिनिधिहरुले हुलदंगा सुरु गरेका हुन् । प्रतिनिधिहरुको एक समूहले कोषाध्यक्षको प्रतिवेदनमा चित्त नबुझेको भन्दै आय व्यय विवरण पारदर्शी नभएसम्म निर्वाचन गर्न नपाइने बताएका छन् ।

असन्तुष्ट पक्षले नाराबाजी गरिरहेका छन् । सम्मेलनमा बुधबार साँझ ७ बजेदेखि मतदान हुने भनिएको थियो । तर यही विवादले मतदान सुरु हुन सकेको छैन । प्रहरीले हस्तक्षेप गरेर प्रतिनिधिहरुलाई लाइनमा राखे पनि असन्तुष्ट समूहले लाइनमा बस्न मानेका छैनन् ।

समाचार वर्गहरू