एनपीएल – सुदूरपश्चिमसँग चितवन ४९ रनले पराजित

77

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले आफ्नो विजय यात्रालाई जारी राखेको छ।

बिहीबार चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा आफ्नो विजययात्रालाई कायम राखेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित ग¥यो। प्रतियोगितामा सुदूरपश्चिमको यो छैठौँ जित हो। ६ खेल खेलेको सुदूरपश्चिम सबैमा जित निकाल्दै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा कायम राखेर प्लेअफका लागि क्वालिफाई गर्ने पहिलो टिम बनिसकेको छ।

त्यस्तै विराटनगर किंग्स र काठमाडौँ गोर्खाज पनि प्लेअफका लागि क्वालिफाई गरिसकेको छ। अब प्लेअफका लागि क्वालिफाई गर्ने चौथौ टिम बाँकी छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनायो। १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्रै बनाउनसक्यो।

सुदूरपश्चिमका लागि पुनित मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिक्मत कार्की, अविनास बोहरा र इशान पाण्डेले १–१ विकेट लिए।

यसअघि ब्याटिङ गरेर १६९ रनको योगफल तयार पार्न सुदूरपश्चिमका क्रिस लेनले ७५ रन बनाए। त्इस्तै विनोद भण्डारीले २१, आरिफ शेखले २४, दीपेन्द्रसिंह ऐरीले २४, पुनित मेहराले १३ रनको योगदान दिए।

शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको खेल हुनेछ।

समाचार वर्गहरू