काठमाडौं – दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । सर्वोच्च अदालतले जरिवाना छुट दिएर फैसला गरेपछि एनसेलले निर्धारित पुँजीगत लाभकरमध्ये ४ अर्व ५० करोड रूपैयाँ तिरेको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्री बापत २२ अर्ब ६४ करोड रुपैयाँ लाभकर निर्धारण गरी १५ दिनभित्र कर बुझाउन मंसिर २२ गते पत्राचार गरेको थियो ।
बाँकी कर आयकर ऐनले दिएको सुविधा अनुसार किस्ताबन्दीमा तिर्न पाउनुपर्ने निवेदन एनसेलले ठूला करदाता कार्यालयमा दिएको छ ।