एपीएफ चन्द्रागिरी मेयर गोल्डकपको क्वार्टरफाइनलमा

9

(काठमाडौं) – सशस्त्र प्रहरी बलको एपीएफ काठमाडौंमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सीएमजी संकटालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नैकापस्थित फुटबल मैदानमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

एपीएफका सुदिप शिख्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे । संकटाका कप्तान अमित तामाङ र क्षितिजराज जिटीले मात्रै गोल गर्न सफल भए । म्यान अफ दी म्याच एपीएफका गोलरक्षक अमृत चौधरीले संकटाको २ वटा प्रहार बचाएका थिए ।

सेमिफाइनल प्रवेशका लागि एपीएफले आगामी शनिबार सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वार्टरफाइनलमा पर्सि बिग्रेड ब्वाइज र विभागीय नेपाल आर्मी बीच खेल हुनेछ ।

समाचार वर्गहरू